
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज चार दिनका लागि भारत जाँदै छन्। भ्रमणका क्रममा उनले भारतका बौद्धिक व्यक्तिहरू, कूटनीतिक क्षेत्रका प्रतिनिधि र शैक्षिक संस्थासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।
भारत बसाइँमा भट्टराईले आईआईटी बम्बैमा हुने टेक फेस्ट कार्यक्रममा आफ्नो विचार राख्नेछन्। त्यसैगरी नयाँदिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टरमा आयोजना हुने कार्यक्रममा पनि उनले सम्बोधन गर्नेछन्।
चारदिने भ्रमण पूरा गरेर डा. भट्टराई पुस ९ गते नेपाल फर्किने कार्यक्रम छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे