
काठमाडौँ । नेकपाका नेता डा। भीम रावलले इम्बोस्ड नम्बर प्लेटको सम्झौता फेरि बढाउन लागिएकोमा कडा आपत्ति जनाएका छन्। उनले सामाजिक सञ्जालमा लेख्दै यस्तो कदमले राष्ट्रियहितविरुद्ध काम गर्ने र जनतामाथि अन्याय हुने बताएका छन्।
रावलका अनुसार, यो नम्बर प्लेटको काम विदेशी कम्पनीलाई दिइएको थियो, जसले गर्दा नेपाली नागरिकको व्यक्तिगत विवरण विदेशीको हातमा पर्न सक्ने खतरा छ। साथै देवनागरी लिपि प्रयोग गर्ने संवैधानिक व्यवस्था उल्लंघन हुने र “सर्वसाधारणलाई धेरै महँगो पर्ने” भन्दै उनले आलोचना गरेका छन्।
उनले स्मरण गराए अनुसार, संसद तथा सडक दुबैबाट यस सम्झौताको व्यापक विरोध हुँदै आएको छ। अब यसको म्याद सकिएको भए पनि फेरि बढाउने तयारी भएको सुन्दा आफू आश्चर्यमा परेको उनको भनाइ छ।
रावलले चेतावनी दिँदै भने, यदि अन्तरिम सरकारले यही म्याद थप्ने निर्णय गर्यो भने यो कदम राष्ट्रियता र जनतामाथिको घात मानिनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे