
काठमाडौं — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले जेन–जी (Gen-Z) युवाहरूलाई आपसमा झगडा नगरी एकताबद्ध भएर चुनावमा सक्रिय हुन आह्वान गरेका छन्। फेसबुकमार्फत सार्वजनिक अपील गर्दै उनले अबको निर्वाचनबाट इमानदार र सक्षम युवा नेताहरूको सरकार बनाउनु जरुरी भएको बताए।
उनका अनुसार भ्रष्टाचार घटाउने, देशमा सुशासन कायम गर्ने, नेपाललाई आर्थिक रूपमा सम्पन्न बनाउने र विदेशी हस्तक्षेप रोक्ने सपना पुरा गर्न युवाहरू संगठित भएर चुनावमा लाग्नुपर्छ। त्यस्तै, उनले प्रत्यक्ष राष्ट्रपति चुन्ने प्रणालीको पक्षमा पनि बोलेका छन्।
महावीर पुनले पुराना ‘कुहिएका’ नेताहरू हटाएर स्वच्छ छवि भएका युवा नेताहरूको अत्यधिक बहुमतको सरकार बने मात्र ठूलो परिवर्तन सम्भव हुने बताए। उनले युवाहरूलाई अब समय नबिताई चुनावको तयारीमा लाग्न आग्रह गरेका छन्।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे