
काठमाडौं — काठमाडौं महानगरपालिका–८ स्थित पशुपति क्षेत्रको राम मन्दिर नजिकको जंगलबाट प्रहरीले दुई थान पेस्तोल र तीन थान म्याग्जिन बरामद गरेको छ।
गौशाला प्रहरी वृत्तबाट खटिएको टोलीले बुधबार दिउँसो वेवारिसे अवस्थामा ती हतियार फेला पारेको हो।
प्रहरीका अनुसार बरामद हतियार कहाँबाट आएको हो भन्नेबारे प्रारम्भिक अनुसन्धान सुरु गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे