
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायु कमजोर छ भने स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। यसका कारण पहाडी भू–भागमा सामान्य बदली र अन्य क्षेत्रमा आंशिक बदली रहनेछ।
बिहीबार दिउँसो कोशी, बागमती, गण्डकीका पहाडी क्षेत्रमा केही स्थानमा, लुम्बिनी र कर्णालीका थोरै स्थानमा तथा अन्यत्र एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्छ। कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना पनि रहेको छ।
आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकीका थोरै र अन्य पहाडी क्षेत्रमा एक–दुई स्थानमा मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे