
काठमाडौँ । आज बडा दसैँको तेस्रो दिन हो। आजको दिन नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको विशेष पूजा गरिन्छ। उहाँको टाउकोमा अर्धचन्द्र र घण्टा हुने भएकाले उहाँको नाम चन्द्रघण्टा रहन गएको हो। यस्ता देवीको स्वरुप शान्त, करुणामयी र पहेँलो वर्णको हुन्छ। चन्द्रघण्टाले दानवहरूलाई नाश गर्ने शक्तिशाली रूप हो भन्ने विश्वास छ। पूजा गर्दा शक्ति, ऐश्वर्य र ज्ञान प्राप्त हुने धार्मिक मान्यता छ।
पहिलो दिन घटस्थापना गरी शैलपुत्री देवी, दोस्रो दिन ब्रह्मचारिणी र आज तेस्रो दिन चन्द्रघण्टाको पूजा गरिन्छ। नवरात्रभरि देवीका नौ रूपहरू—नवदुर्गा—को पूजा गरी चण्डी, देवीभागवत आदि पाठ गरिन्छ। दसैँको अवसरमा घरघरमा पूजा हुने र शक्तिपीठहरूमा भक्तजनको भीड लाग्ने गर्दछ। विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म पूजा गरिएको प्रसाद लगाइन्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे