
काठमाडौँ । काभ्रे जिल्ला प्रशासनले दसैँको समयमा टिप्पर चलाउन रोक लगाएको छ। भदौ ३० गतेको जिल्ला सुरक्षा समितिको निर्णयअनुसार असोज ६ देखि २२ गतेसम्म मालवाहक टिप्पर सञ्चालन गर्न नपाइने जनाइएको छ। सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार यात्रु तथा सर्वसाधारणको सुरक्षाका लागि यस्तो निर्णय गरिएको हो। यस नियम उल्लङ्घन गरे कानुनी कारबाही गरिनेछ।
यो नियम अत्यावश्यक सेवाका सवारीसाधनमा भने लागू हुने छैन । विगत दुई वर्षदेखि रातिमा मात्र टिप्पर चलाउन दिइएकोमा दसैँमा पूर्णरूपमा रोक लगाइएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे