
काठमाडौँ । आज आश्विन शुक्ल द्वितीया, नवरात्रको दोस्रो दिन, घरघरमा ब्रह्मचारिणी देवीको पूजा गरिँदैछ। सोमबार घटस्थापना गरी जौको जमरा राखिएको थियो र पहिलो दिन शैलपुत्री देवीको पूजा गरिएको थियो।
नवरात्रभर दुर्गा देवीका नौ रूपहरूको पूजा गरिन्छ। आजको दिन ब्रह्मचारिणी देवीलाई पूजा गरी शक्ति, ऐश्वर्य र ज्ञान प्राप्त हुने विश्वास छ। देवीको हातमा कमल, अक्षमाला र कमण्डलु हुनुपर्ने मानिन्छ।
नवरात्रका ९ दिन पूजास्थलमा दुर्गा सप्तशती, देवी भागवत, र अन्य स्तोत्रहरू पाठ गरिन्छ। पूजा गरिएको प्रसाद विजया दशमीदेखि कोजाग्रत पूर्णिमासम्म ग्रहण गरिन्छ।
देशभरका शक्तिपीठहरूमा सोमबारदेखि नै भक्तजनको भिड देखिएको छ। भक्तजनहरू नवरात्रमा विशेष श्रद्धा र भक्ति साथ देवी दर्शन र पूजा गर्न गइरहेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे