
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुबै सदनबाट पारित ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०६३’ प्रमाणीकरण गरेका छन्। राष्ट्रपतिको कार्यालयले आइतबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार, नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरण गरिएको हो।
संसदको दुबै सदनले पारित गरी राष्ट्रपतिसमक्ष पठाइएको विधेयक प्रमाणीकरणसँगै अब नागरिकता सम्बन्धी संशोधित ऐन लागू हुने बाटो खुलेको छ।
यो संशोधनले लामो समयदेखि अल्झिएको नागरिकता वितरण प्रक्रियामा स्पष्टता ल्याउने अपेक्षा गरिएको छ। सरकारले यसलाई कार्यान्वयनमा ल्याएसँगै नागरिकता सम्बन्धी समस्या समाधान हुने विश्वास गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे