
काठमाडौं, असोज ३ – ऊर्जा, जलस्रोत तथा सिँचाइ र सहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबारमा निर्माण भइरहेको नयाँ संघीय संसद् भवन पुस महिनाभित्र सक्न निर्देशन दिए। आज उनले सचिव, निर्माण कम्पनी र परियोजना टोलीसँग बैठक गरी कुनै पनि बहानामा ढिलाइ नगर्न र काम छिटो गर्न निर्देशन दिए।
बानेश्वरस्थित संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेपछि संसद् बैठक बस्न सक्ने भवन छैन। अहिले निर्माणाधीन भवनको ८६५ काम सकिएको छ र बाँकी काममा सबै गम्भीर भएर जुट्नुपर्ने मन्त्रीको भनाइ छ।
२०७६ सालमा सुरु गरिएको यो परियोजना पाँचपटक म्याद थपिँदै अहिले पुसमा सकिने तय छ। अब बाँकी रहेको ट्रस, फल्स सिलिङ, विद्युत प्यानल र फायर फाइटिङजस्ता कामहरू चाँडो सक्नुपर्नेछ। मन्त्री घिसिङले समयमै काम नसक्दा थप समस्या आउन सक्ने भन्दै सम्बन्धित सबैलाई सजग हुन भनेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे