
काठमाडौँ– रुपन्देहीको गैडहवा गाउँपालिकास्थित मानव निर्मित तालमा पौडी खेल्ने क्रममा दुई युवाको ज्यान गएको छ। मृत्यु हुनेमा असिधहवा गाउँका १८ वर्षीय दिपेश थारु र उनका साथी अरुण थारु रहेका छन।
बुधबार दिउँसो ४ बजेतिर उनीहरू तालमा पौडी खेल्न गएका थिए। पौडी खेल्दा दिपेश डुब्न थालेपछि उनलाई बचाउन अरुण पनि तालमा पसेका थिए, तर दुर्भाग्यवश दुवै जनालाई बचाउन सकिएन।
उनीहरू बिहानै ताल घुम्न निस्किएका थिए। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे