
काठमाडौं — जेनजी आन्दोलनपछिको अवस्थालाई लिएर केही व्यक्तिहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र त्यसका नेताहरूको नाम दुरुपयोग गरी धम्की र दबाब दिने काम गरिरहेको खुलेको छ।
रास्वपाका प्रवक्ता मनिष झाले बिहीबार विज्ञप्ति जारी गर्दै यस्तो कार्यमा पार्टीको कुनै संलग्नता नरहेको प्रष्ट पारेका छन्। उनका अनुसार उद्योगी, व्यवसायी, न्याय क्षेत्रका व्यक्ति र उच्च सरकारी कर्मचारीहरूलाई फोन वा सन्देश पठाएर डर देखाउने काम भइरहेको छ।
झाले भने, “पार्टी बदनाम गराउने उद्देश्यले गरिएको यस्तो कार्य अनुचित छ र कानूनी कारबाही हुनुपर्छ।” रास्वपाले यस्ता गतिविधिमा संलग्न जो कोहीलाई पहिचान गरेर छानबिन गर्न र आवश्यक कारबाही गर्न सरोकारवाला निकायसँग आग्रह गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे