
काठमाडौं — नेपालको प्रजातन्त्र आन्दोलनका अग्रणी नेता गणेशमान सिंहको २८औँ स्मृति दिवस आज विभिन्न कार्यक्रमसहित मनाइँदै छ। जनआन्दोलन २०४६ का सर्वोच्च कमान्डर रहेका सिंहले नेपाली राजनीतिमा त्याग, साहस र ईमान्दारिता देखाएका थिए।
वि।सं। १९७२ मा काठमाडौंमा जन्मिएका सिंह नेपालको पहिलो राजनीतिक दल प्रजा परिषद्का सदस्य बनेर राणा शासनविरुद्ध आन्दोलनमा होमिएका थिए। पछि जेलबाट भागेर भारत पुगेका उनले बिपी कोइरालासँग मिलेर नेपाली कांग्रेसलाई मजबुत बनाउने काम गरे।
२००७ सालको क्रान्ति, २०१५ सालको सरकार, २०१७ को प्रजातन्त्र अपहरणपछिको जेल जीवन, २०३६ को जनमत संग्रहदेखि २०४६ को ऐतिहासिक जनआन्दोलनसम्म उनको सक्रियता झनै प्रभावशाली रह्यो।
उनले राजा वीरेन्द्रको प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गर्दै आफ्नो स्थानमा कृष्णप्रसाद भट्टराईलाई अघि सारेर इतिहासमा ठूलो त्यागको उदाहरण दिएका थिए।
आज कांग्रेसका विभिन्न भातृ संगठनहरूले सिंहको योगदान सम्झिँदै कार्यक्रम गरिरहेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे