
काठमाडौँ — मनसुनको समयमा पहिरोको जोखिमका कारण राति बन्द गरिँदै आएको बिपी राजमार्ग अब असोज १ गतेदेखि २४सै घण्टा सञ्चालनमा ल्याइने भएको छ।
काभ्रेको प्रशासनले सोमबारको सुरक्षा बैठकपछि यस्तो निर्णय गरेको हो। दसैँ–तिहारको चहलपहललाई ध्यानमा राखी यात्रु सहजताका लागि राजमार्ग दिनरात सञ्चालन गर्ने निर्णय लिइएको हो।
यसअघि असार ७ गतेदेखि राति १२ घण्टा (साँझदेखि बिहानसम्म) सवारी सञ्चालनमा रोक लगाइएको थियो। काभ्रेको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको नेपालथोकसम्म पहिरोको जोखिमका कारण यो निर्णय गरिएको थियो।
मनसुनका कारण बाढी र पहिरोले राजमार्गको विभिन्न भागमा क्षति पु¥याएको थियो। अहिले जोखिम कम हुँदै गएपछि अबको लागि राजमार्ग दिनरात खुला रहनेछ। स्थायी पुनर्निर्माणको काम पनि अघि बढिरहेको जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे