
काठमाडौँ — निर्वाचन आयोगले रुपन्देही क्षेत्र नं ३ मा हुने भनिएको प्रतिनिधिसभा उपनिर्वाचन रद्द गरेको छ। यसअघि कात्तिक १७ गते उपनिर्वाचन हुने भनिएको थियो। तर राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनको मिति फागुन २१ गते तय गरेपछि आयोगले उपनिर्वाचन गर्ने कार्यक्रम सबै रद्द गरेको हो।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले अब सो क्षेत्रमा उपनिर्वाचन नहुने र प्रतिनिधिसभा पुनःनिर्वाचनमार्फत नयाँ सांसद चुनिने जानकारी दिएका छन्। अर्थात् अब रुपन्देही–३ मा छुट्टै उपनिर्वाचन नभई आगामी नयाँ आम निर्वाचनमै सांसद चयन हुनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे