
काठमाडौँ — हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेकाले देशभर बदलीको अवस्था छ। अरब सागर र बंगालको खाडीबाट आएको भिजेको हावाले पनि असर पुर्याइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी र केही अन्य भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ।
आज राति पनि कोशी, लुम्बिनी र सुदूरपश्चिमलगायत पहाडी क्षेत्रमा मध्यम वर्षा र कोशी तथा सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागको अनुमान छ।
वर्षाका कारण पहिरो, गेग्रान बहाव (डेब्रिज फ्लो) हुने, नदी–नालामा पानीको सतह बढ्ने र यातायातमा असर पर्ने सम्भावना भएकाले विभागले सबैलाई सतर्क रहन र आवश्यक पूर्वतयारी गर्न अनुरोध गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे