
काठमाडौँ — नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आज शपथ ग्रहण गरेपछि सीधै शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। उनले ऊर्जा, भौतिक योजना तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्।
घिसिङ जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका व्यक्तिहरूका परिवारलाई भेट्न अस्पताल गएका हुन्। पदभार ग्रहणभन्दा अघि उनले पीडित परिवारप्रति समवेदना व्यक्त गर्नुलाई प्राथमिकता दिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे