
काठमाडौँ — भदौ २४ गते जेनजी आन्दोलनको क्रममा संसद् भवनबाट विभिन्न सामग्री अनधिकृत रूपमा लगेको जानकारीपछि सङ्घीय संसद् सचिवालयले ती सामान फिर्ता गर्न सार्वजनिक रूपमा अनुरोध गरेको छ।
सचिवालयको आन्तरिक सेवा तथा योजना शाखाले आज सूचना जारी गर्दै टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, क्यामेरा, टेलिभिजन, मोनिटर, माइक, मिक्सर, स्पिकर, फोटोकपी मेसिनलगायतका सामग्री हराएको उल्लेख गरेको छ। ती सामग्री संसद् सचिवालयको स्वामित्वमा रहेकाले फिर्ता गरिदिन अनुरोध गरिएको हो।
सचिवालयले घटनासँग सम्बन्धित भिडिओ वा प्रमाण भए उपलब्ध गराउन पनि आग्रह गर्दै जानकारी दिने व्यक्तिको परिचय गोप्य राखिने बताएको छ। यसबाट हराएको सरकारी सम्पत्ति सुरक्षित रूपमा फिर्ता हुनेमा सचिवालयले आशा व्यक्त गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे