
काठमाडौँ । हाल देशमा मनसुन सक्रिय रहेको छ र अरब सागर तथा बङ्गालको खाडीबाट भिजेको हावा आइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आकाश सामान्य बदली रहनेछ। पहाडी क्षेत्रमा केही र तराईका केही ठाउँमा मध्यम वर्षा हुन सक्छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा तथा कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
गण्डकी र लुम्बिनीका एक–दुई ठाउँमा धेरै भारी वर्षा पर्न सक्छ। राति पनि मौसम बदली रहनेछ र विशेष गरी लुम्बिनी तथा अन्य पहाडी भागमा मध्यम वर्षा हुनसक्छ। स्थानीय बाढीपहिरोको जोखिम भएकाले सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे