
काठमाडौं — जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु र निषेधाज्ञा हटाउने निर्णय गरेको छ। शुक्रबार जारी विज्ञप्तिमा कार्यालयले शनिबार (भदौ २७) बाट कर्फ्यु र निषेधाज्ञा हटाइने जानकारी दिएको हो।
तर, सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै भदौ २६ गते प्रमुख जिल्ला अधिकारीद्वारा जारी गरिएको निषेधित क्षेत्र सम्बन्धी आदेश भने यथावत् रहने जनाइएको छ।
यसअन्तर्गत केही संवेदनशील क्षेत्रहरूमा प्रवेश, सभा, जुलुस वा भीडभाड गर्न अझै अनुमति दिइएको छैन। प्रशासनले नागरिकलाई संयमता अपनाउन र सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे