
काठमाडौँ — एभरेष्ट बैंकले सुदेश खालिङ राईलाई फेरि एकपटक प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको छ। बैंकको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले असोज ८ गतेदेखि लागू हुने गरी उनलाई दोस्रो कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो।
चार वर्षअघि उनी बैंकको पहिलो नेपाली सिइओ बनेका थिए। उनको हालको कार्यकाल केही हप्तामै सकिँदैछ, तर बैंकले उनको काम सन्तोषजनक भएको भन्दै पुनः नियुक्त गरेको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे