
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड (MBL) ले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रमाणित गर्दै प्रतिष्ठित “राइजिङ स्टार इन एसेट क्वालिटी” अवार्ड प्राप्त गरेको छ । यो सम्मान भारतको नयाँदिल्लीमा सम्पन्न तेस्रो इमर्जिङ एसिया बैंकिङ कन्क्लेव एण्ड अवार्ड्स २०२५ मा भारतीय वाणिज्य मण्डल (ICC) द्वारा प्रदान गरिएको हो ।
बैंकले आफ्नो सम्पत्ति व्यवस्थापन क्षमता, गुणस्तरीय सम्पत्ति परिचालन र निरन्तर सुधारतर्फ देखाएको प्रतिबद्धता र उत्कृष्टताका कारण यो अवार्ड प्राप्त गरेको हो । यो सम्मानले माछापुच्छ्रे बैंकलाई नेपालकै बैंकिङ क्षेत्रमा मात्र नभई क्षेत्रीय स्तरमा पनि उदीयमान संस्थाको रूपमा स्थापित गरिदिएको छ ।
बैंकले यस उपलब्धिलाई आफ्ना कर्मचारी, ग्राहक तथा हितग्राहीहरूको विश्वास र निरन्तर समर्थनको परिणामका रूपमा लिएको जनाएको छ । यसले संस्थागत शासन, पारदर्शिता र वित्तीय अनुशासनमा बैंकको जोडलाई थप मजबुत बनाएको छ ।
माछापुच्छ्रे बैंकले भविष्यमा अझ उत्कृष्ट सेवा र नवीनतम वित्तीय समाधानमार्फत आफ्ना ग्राहकलाई अझ नजिक ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ । बैंकले आफ्नो यात्रा निरन्तर प्रगतिशील र स्थायी बनाउन सबै हितग्राहीलाई धन्यवाद दिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे