
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले केन्द्रीय समितिको बैठक आह्वान गरेकी छन्। बैठक आगामी भदौ १५ र १६ गते राजधानीको कान्तिपथस्थित होटल एल्लो प्यागोडामा बस्नेछ।
बैठकमा संस्थापक केन्द्रीय सदस्य, प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यहरू, साथै पालिका प्रमुख र उपप्रमुखहरूलाई समेत सहभागी हुन आह्वान गरिएको छ। बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टी विधान संशोधन, केन्द्रीय सदस्य मनोनयन, निर्वाचन आयोगमा विवरण अद्यावधिक गर्ने प्रक्रिया लगायतका विविध विषयमा छलफल हुने जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे