
काठमाडौं, भदौ ३ – नेपाली बजारमा आज मंगलबार सुन र चाँदी दुबैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला (२४ क्यारेट) सुनको मूल्य प्रतितोला १,२०० रुपैयाँले घटेर अब १ लाख ९५ हजार १०० रुपैयाँ पुगेको छ। सोमबार सुनको मूल्य १ लाख ९६ हजार ३०० रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर २,३०० रुपैयाँमा कारोबार भइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे