
मकवानपुर–बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिँदै छन्। दिउँसो ४ बजे सुरु हुने बैठकमा उनले आफूलाई समर्थन गर्न प्रस्ताव राख्ने छन्। बानियाँ साउन २० गते कांग्रेस र एमालेको गठबन्धनबाट मुख्यमन्त्री बनेका हुन्। संविधान अनुसार उनले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ।
कांग्रेससँग ३७ र एमालेसँग २७ गरी कुल ६४ सांसद छन्। बानियाँलाई विश्वासको मत पाउन कम्तीमा ५६ सांसदको समर्थन चाहिन्छ। दुबै पार्टीले आफ्ना सांसदलाई समर्थन गर्न ह्वीप दिएका छन्। तर, पूर्वमुख्यमन्त्री बहादुर सिंह लामाको समूहका केही कांग्रेस सांसद असन्तुष्ट छन्। उनीहरू आफ्ना तीन सांसद मन्त्री बनाउनु पर्ने अडानमा छन्। विपक्षी दलहरूमा माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादी, नेमकिपा र हाम्रो नेपाली पार्टी छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे