
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ।
पार्टीले साउन ७ गतेदेखि २७ गतेसम्म आवेदन माग गरेको थियो। सो अवधिमा ९ जनाले उम्मेदवारीका लागि आवेदन दिएका छन्।
उपनिर्वाचनका लागि आवेदन दिनेमा सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र मधुप्रसाद अर्याल छन्।
अब पार्टीले यी नामहरूबाट अन्तिम उम्मेदवार छनोट गर्नेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे