
काठमाडौँ — बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ आज नियुक्त हुँदैछन्। शपथग्रहण कार्यक्रम आज अपराह्न ४ बजे तय गरिएको छ। बानियाँले सोमबार ६४ सांसदको समर्थनसहित मुख्यमन्त्री दाबी पेस गरेका थिए। सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ।
एमालेको समर्थनसहित बानियाँ नेतृत्वमा कांग्रेस–एमाले गठबन्धनको सरकार बन्ने भएको हो। एमालेले पठाउने ६ मन्त्रीमध्ये किरण थापा मगर स्वास्थ्यमन्त्रीमा पुनः दोहोरिने छन् भने जयराम थापा, भरत केसी, मधुसूदन पौडेल, डा. दिनेश देवकोटा र बिन्दु श्रेष्ठ नयाँ मन्त्री बन्नेछन्।
मुख्यमन्त्रीसँगै एमालेका मन्त्रीहरूले पनि आजै शपथ लिने तयारी छ। कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम छलफलमै रहेको र टुंगो लागेपछि शपथ दिलाइने कांग्रेस सभापति बानियाँले जानकारी दिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे