
ठमाण्डौ।नेपाल बैंकले ऋण नतिरेको भन्दै पूर्वअर्थ सहायक मन्त्री रुप ज्योतीका स्वामित्वमा रहेका दुई कम्पनीहरू लिलामी प्रक्रियामा राखिसकेको छ। बैंकले कान्तिपथ शाखाबाट लिइएको कर्जा पटक–पटक ताकेता गर्दा पनि फिर्ता नगरिएको भन्दै ३५ दिने लिलामी सूचना सार्वजनिक गरेको हो।
लिलामीमा राखिएका कम्पनीहरूमा नेपाल जनरल मार्केटिङ (एनजीएम) र ग्राण्डी सिटी क्लिनिक एन्ड हस्पिटल परेका छन्। यी कम्पनीहरूद्वारा लिएको ऋण लामो समयदेखि असुल हुन नसकेको भन्दै बैंकले अन्तिम पटक समयसीमा तोकेको जनाएको छ।
एनजीएम विगतमा नेपालमा हिरो मोटरसाइकलको आधिकारिक वितरक रहेको थियो, जुन अधिकार पछि ज्योती परिवारबाट हटाइएको छ। त्यस्तै, ग्राण्डी अस्पतालसम्बन्धी दाजु पद्म ज्योतीसँग रुप ज्योतीको विवाद रहेको जानकारी सार्वजनिक भएको छ।
नेपाल बैंकले निर्धारित ३५ दिनभित्र ऋण फिर्ता नगरेमा धितो सम्पत्ति जफत गरिने चेतावनी दिएको छ। साथै, उक्त समयसीमा भित्र ऋण नचुकाउने अवस्थामा रुप ज्योती तथा सम्बन्धित कम्पनीहरूलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइने बैंकले स्पष्ट पारेको छ।
एनजीएममा रुप ज्योतीका छोरा अभिक ज्योती र छोरी सूरुची ज्योती सेयरधनी रहेका छन् भने रुप ज्योती स्वयं जमानी बसेका छन्। यस्तै, ग्राण्डी सिटी क्लिनिक एन्ड हस्पिटलमा एनजीएमसँगै जय स्पिनिङ मिल्स र स्याकार कम्पनी पनि सेयरधनीको रूपमा आवद्ध रहेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे