
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै भक्तपुर इन्टरनेसनल हस्पिटल प्रा.लि.सँग स्वास्थ्य सेवा सहकार्यसम्बन्धी सम्झौता सम्पन्न गरेको छ। बैंकले ग्राहकहरूलाई गुणस्तरीय उपचार सेवा उपलब्ध गराउने तथा डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने उद्देश्यले उक्त अस्पतालसँग साझेदारी अघि बढाएको हो।
सम्झौताअनुसार, अब एनआईसी एशिया बैंकका ग्राहकहरूले भक्तपुर इन्टरनेसनल हस्पिटलमा उपचार गराउँदा डिजिटल माध्यमबाट भुक्तानी गरेबापत २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ। छुटको यो सुविधा प्रयोग गर्न ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक (MoBank) एप प्रयोग गरेर भुक्तानी गर्नुपर्नेछ।
बैंकले यस साझेदारीलाई स्वास्थ्य सेवा क्षेत्रमा डिजिटल भुक्तानी प्रणालीको पहुँच विस्तार गर्ने दिशातर्फको महत्वपूर्ण कदमका रूपमा लिएको छ। यसले एकातर्फ ग्राहकहरूलाई सहज, सुरक्षित र छुटसहितको सेवा प्रदान गर्नेछ भने अर्कोतर्फ मुलुकमा डिजिटल कारोबार संस्कृतिको प्रवर्द्धनमा समेत सहयोग पुग्ने बैंकको विश्वास रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे