
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले सोमबार (असार ३२ गते) देखि आफ्नो १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासनका लागि विक्री खुला गरेको छ। बैंकले वार्षिक ८ प्रतिशत ब्याजदरमा १ हजार रुपैयाँ अंकित दरमा १० लाख इकाइ ऋणपत्र सार्वजनिक गर्दैछ।
बैंकले धितोपत्र बोर्डबाट स्वीकृत कुल १० लाख इकाइमध्ये ६ लाख इकाइ व्यक्तिगत तवरबाट बिक्री गर्नेछ। बाँकी ४ लाख इकाइ सर्वसाधारणका लागि सुरक्षित गरिएको छ। तीमध्ये ५ प्रतिशत (२० हजार इकाइ) सामूहिक लगानी कोषलाई छुट्याइएको छ भने ३ लाख ८० हजार इकाइ सर्वसाधारणलाई खुला गरिएको हो।
ऋणपत्रमा न्यूनतम २५ इकाइदेखि अधिकतम ५ लाख इकाइसम्म आवेदन दिन सकिनेछ। इच्छुक लगानीकर्ताहरूले २०७९ साउन ४ गतेभित्र आवेदन दिन सक्नेछन्।
बैंकले ऋणपत्र निष्कासन तथा विक्रीको व्यवस्थापनको जिम्मा एनआइएमबी एस क्यापिटल लिमिटेडलाई दिएको छ।
आवेदन दिने प्रक्रिया सजिलो बनाउनका लागि इच्छुक लगानीकर्ताहरूले आस्बा सेवा उपलब्ध गराउने बैंक तथा वित्तीय संस्थाहरूको शाखा कार्यालय वा सीडीएससीको ‘मेरो सेयर’ अनलाइन प्लेटफर्ममार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले तोकिएको अवधि पछाडि सोही दरमा व्याज प्राप्त गर्ने छन् भने पूँजी सुरक्षासहित निश्चित आय आर्जन गर्न सक्ने विकल्पका रूपमा यसलाई हेरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे