
काठमाडौं ।जननेता मदनकुमार भण्डारीको ७४औँ जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशनको आयोजनामा ‘जबजका तीन दशक’ शीर्षकमा राष्ट्रिय गोष्ठी सुरु भएको छ।
कार्यक्रमको उद्घाटन प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गर्नु भएको हो। उहाँ कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनु भयो। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी विशेष अतिथिका रूपमा कार्यक्रममा उपस्थित थिइन्।
नेपालको राजनीतिक दर्शनमा ऐतिहासिक योगदान पुर्याएका तत्कालीन एमाले महासचिव भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद (जबज)’को तीन दशक पूरा भएको सन्दर्भमा गोष्ठी आयोजना गरिएको हो।
भण्डारी र तत्कालीन एमालेका संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको सवारी दुर्घटनामा निधन भएको थियो। सो घटनालाई नेपालको राजनीति र विचारधारामा गहिरो प्रभाव पार्ने घटनाका रूपमा लिइन्छ।
गोष्ठीमा राजनीतिक नेताहरू, विश्लेषकहरू र विचारकहरूले ‘जबज’को अवधारणात्मक विकास, व्यवहारिक प्रयोग र वर्तमान राजनीतिक परिप्रेक्ष्यमा यसको सान्दर्भिकता विषयमा विचार-विमर्श गर्नेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे