
काठमाडौं – भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता भएको भन्दै निरन्तर विरोध गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार बिहान ९ बजेका लागि संसदीय दलको बैठक बोलाएको छ।
>रास्वपाका प्रवक्ता मनिष झाले बैठकबारे जानकारी दिँदै भिजिट भिसा विवादमा पार्टीको रणनीति तय गर्न बैठक बस्न लागेको बताए। गृहमन्त्री लेखकको राजीनामा माग्दै आएको रास्वपाले मन्त्रिपरिषदले गठन गरेको छानबिन समितिलाई अस्वीकार गरिसकेको छ। समितिको नेतृत्व पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई दिइएको छ।
शनिबार नै प्रतिनिधिसभाको बैठक पनि बस्ने कार्यक्रम रहेकोले रास्वपाको बैठकमा संसदमा उठाउने रणनीति र आगामी कदमबारे निर्णय हुने सम्भावना छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे