
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्बपति एलन मस्कका कम्पनीसँगको सरकारी सम्बन्ध र अनुदान तोड्ने चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्प र अर्बपति मस्कबिचको तिखो बयानबाजीले टेस्ला कम्पनीको शेयरमा असर पारेको छ। बिहीबार कम्पनीको शेयरमा ठूलो गिरावट देखियो। बिहीबार मस्कको कम्पनीको शेयर १४ प्रतिशतले घट्यो, जसले गर्दा कम्पनीको मूल्य लगभग १५० अर्ब डलरले घटेको छ। ट्रम्पको टिप्पणीपछि मस्कले सामाजिक सञ्जालमार्फत् जवाफ दिँदै ट्रम्पलाई महाअभियोग लगाउनुपर्ने बताएका छन्।
ट्रम्पले हालै एक चुनावी सभामा बोल्दै मस्कका कम्पनीहरू, विशेषगरी टेस्ला र स्पेसएक्स, संघीय सहयोगको भरमा चलेको भन्दै ती अनुदानहरू ‘पुनरावलोकन’ गर्नुपर्ने बताएका थिए। ट्रम्प र एलोन मस्कबिचको विवाद बढ्दै जाँदा ट्रम्पले स्पेसएक्स जस्ता एलोन मस्कका कम्पनीहरूलाई दिइएको सरकारी ठेक्का रद्द गर्ने धम्की दिएका छन्। मस्कले आफू नभएको भए ट्रम्पले चुनाव हार्ने अभिव्यक्ति दिए र ट्रम्पले विश्वासघात गरेको आरोप लगाएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे