
एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले हार्वर्ड युनिभर्सिटी लगायतका ठूला शिक्षण संस्थामा विदेशी विद्यार्थीको भर्ना रोक्ने नीति ल्याएको आरोप लागिरहेको छ। सन् 2020 मा कोभिड–19 महामारीका कारण अधिकांश कक्षाहरू अनलाइन हुँदै गर्दा ट्रम्प प्रशासनले अनलाइन कक्षा मात्र लिने विदेशी विद्यार्थीलाई अमेरिका आउन नपाउने नियम लागू गरेको थियो।
यस निर्णयले विशेषगरी हार्वर्ड, एमआईटीजस्ता विश्वविद्यालयहरूमा भर्ना भएका हजारौं अन्तर्राष्ट्रिय विद्यार्थीहरू प्रभावित भएका थिए। हार्वर्ड युनिभर्सिटीले उक्त निर्णयको विरोधमा मुद्दा दायर गर्दै यो निर्णय शिक्षा र आप्रवासन दुबैको विरोधी भएको बताएको थियो।
विदेशी विद्यार्थीहरूले अमेरिकी विश्वविद्यालयहरूमा ठूलो आर्थिक र बौद्धिक योगदान पुर्याउने भन्दै विभिन्न शिक्षाविद्, मानवअधिकारकर्मी र राजनीतिज्ञहरूले यस कदमको आलोचना गरेका थिए। यो निर्णयपछि केही समयमै अदालतको हस्तक्षेपपछि नीति फिर्ता लिइएको थियो, तर यसले ट्रम्प प्रशासनको आप्रवासनप्रति कडा नीति र विदेशीहरूप्रति शंकास्पद दृष्टिकोण देखाएको टिप्पणी गरिएको थियो।
हार्वर्ड प्रशासनले भने शिक्षाको पहुँचमा विभेद गर्न खोजिएको भन्दै यो कदमप्रति कडा आपत्ति जनाएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे