
काठमाडौँ , ३ वैशाख । नेपालको सुनचाँदी बजारमा आज (बुधबार) सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १,७०० रुपैयाँले घटेको सुन बुधबार एकैदिन २,७०० रुपैयाँले वृद्धि भएको हो।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८७ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिन अर्थात् मंगलबार सुन प्रतितोला १ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्य पनि १० रुपैयाँले वृद्धि भएर प्रतितोला १,९५५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ। मंगलबार चाँदी प्रतितोला एक हजार नौ सय ४५ रूपैयाँमा कारोबार भएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे