
काठमाडौँ , २ वैशाख । नेपाली बजारमा आज ९मंगलबार० सुन–चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८४ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख ८६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो। आइतबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला एक हजार सात सय रूपैयाँ घटेको हो।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी एक हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जाएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे