
सर्लाही, २९ चैत – सर्लाहीको हरिपूर्वामा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ भने अर्की घाइते भएकी छन्। हरिपूर्वा नगरपालिका–९ मिर्चैया बजारमा विपरीत दिशाबाट आइरहेको ना ५ ख ३८५८ नम्बरको ट्रकले साइकललाई ठक्कर दिँदा ईश्वरपुर नगरपालिका–१३ की १७ वर्षीया अञ्जलीकुमारी महतोको मृत्यु भएको हो। उनी साइकल चलाइरहेकी थिइन्। दुर्घटनामा साइकलको पछाडि बसेकी उनकी १५ वर्षीया बहिनी पूजाकुमारी महतो घाइते भएकी छिन्। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।
दुर्घटनामा संलग्न ट्रक र चालक हरिवन नगरपालिका–१० ताइवान टोलका ३१ वर्षीय लक्ष्मण विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिएका छन्। ट्रकको गति र लापरवाही नै दुर्घटनाको कारण भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे