
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज र भोलि देशका केही भागमा भारी वर्षा हुने चेतावनी दिएको छ। विशेषगरी कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्न सक्ने सम्भावना छ। बाँकी प्रदेशहरूमा पनि केही ठाउँमा मध्यम खालको वर्षा हुन सक्छ।
मौसमविद्का अनुसार अहिले पश्चिमी र स्थानीय हावाको प्रभावसँगै पूर्वी क्षेत्रमा बनेको न्यून चापीय प्रणालीका कारण मौसम बदली भएको हो। गण्डकी प्रदेशमा आज दिउँसोपछि वर्षा बढ्ने र काठमाडौं उपत्यकामा पनि साँझ र राति ठूलो पानी पर्न सक्ने अनुमान गरिएको छ। आजदेखि सुरु भएको वर्षा बुधबार र बिहीबारसम्म जारी रहने देखिन्छ, जसले पूर्वी मेची क्षेत्रदेखि त्रिशुली र कालीगण्डकी क्षेत्रसम्म असर पार्न सक्छ।
यस अवधिमा विशेषगरी राजमार्गहरूमा यात्रा गर्दा सावधानी अपनाउन अनुरोध गरिएको छ। त्रिभुवन, पृथ्वी, सिद्धार्थ, पासाङ–ल्हामु र बीपी राजमार्गमा रातिको समयमा यात्रा नगर्न सुझाव दिइएको छ, किनकि वर्षाका कारण पहिरो र सडक अवरोध हुन सक्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे