
काठमाडौं, चैत २८। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट तयारीको सन्दर्भमा सबै मन्त्रीहरू र मन्त्रालयका सचिवहरूसँग समन्वयात्मक छलफल गर्दै छन्।
छलफल बिहीबार दिउँसो ३:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने प्रधानमन्त्री ओलीको सचिवालयले जानकारी दिएको छ।
संविधान अनुसार सरकारले आगामी आर्थिक वर्षको बजेट जेठ १५ गतेभित्र संसदमा पेश गर्नैपर्छ। त्यसअघि सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिबाट प्रस्तुत गरिनेछ, जसलाई प्रायः ‘मिनी बजेट’ पनि भनिन्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे