
काठमाडौँ, २२ चैत । पाल्पाको रिब्दीकोट गाउँपालिका पालुङ मैनादी–७ का ६१ वर्षीय टेकबहादुर सर्तुङ्गे मगर डढेलो निभाउने क्रममा जलेर मृत्यु भएका छन्। पालुङ सामुदायिक वनको जंगल क्षेत्रमा लागेको डढेलो निभाउन जाँदा सर्तुङ्गे जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ।
डढेलो तीन दिनदेखि लागिरहेको र सुख्खा मौसम र हावाहुरीले नियन्त्रण गर्न नसकिएको स्थानीयले बताए। २ सयभन्दा बढी स्थानीय डढेलो निभाउन गएका थिए, तर हावाहुरीका कारण आगो फैलिएको थियो। रम्भा गाउँपालिकाको रिमिघा डाँडा क्षेत्रमा पनि तीन दिनदेखि डढेलो लागेको छ, जुन विद्युत् लाइन सर्ट भएर सुरु भएको थियो। जंगलको भीर र ठूलो क्षेत्रका कारण डढेलो नियन्त्रणमा ल्याउन कठिनाई भइरहेको छ। १ सय ५० हेक्टर क्षेत्रफलमा डढेलो फैलिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे