
काठमाडौँ , २० चैत । शिखर सम्मेलनमा भाग लिन थाइल्यान्डको बैंककमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुने भएको छ । प्रधानमन्त्री ओलीले थाइल्यान्डमा प्रधानमन्त्री मोदीसँग साइडलाइन भेटवार्ता गर्ने पक्का भएको हो । भारतीय प्रधानमन्त्रीले पनि सम्मेलनमा भाग लिँदैछन् ।
भारतका प्रधानमन्त्री मोदी भने बिहीबारमात्रै बैंकक पुग्नेछन् । बिम्स्टेकको शिखर सम्मेलनमा जाने क्रममा प्रधानमन्त्री ओलीले मंगलवारबाट थाइल्याण्डको औपचारिक भ्रमण पनि सुरु गरेका छन् । प्रधानमन्त्री ओली र थाइल्यान्डकी प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राबीच बुधबार औपचारिक भेटवार्ता सम्पन्न भएको छ । नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसँग सम्बन्धित दुई समझदारीपत्रमा हस्ताक्षर भएकोे छ ।
थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थिङ् शिनावात्को उपस्थितिमा आज ती समझदारीपत्रमा हस्ताक्षर भएका हुन् । नेपालमा तर्फबाट परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले ती समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे