
काठमाडौँ , १८ चैत । साताको दोस्रो दिन सुनचाँदीको मूल्य बढेको छ। सुनको भाउले तीन दिनदेखि लगातार नयाँ रेकर्ड बनाइरहेको छ । आज (सोमबार )सुन प्रतितोला एक लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानाएको छ । आइतबार प्रतितोला १ लाख ७६ हजार ८ सयमा सुनको कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा आज ११ सय रुपैयाँ बढेको हो ।
चाँदीको मूल्य पनि सामान्य बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार २५ रुपैयाँ रहेको चाँदी आज २ हजार ३५ रुपैयाँ रहेको महासंहले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे