
जनकपुर, ११ चैत । मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामस्थित होटल अनुगमन गरेका छन् । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरका होटल अनुगमन गर्ने क्रममा मानव स्वास्थ्यलाई असर पार्ने अशुद्ध सामग्री फेला परेका हुन् । नाम चलेका होटलबाट बासी र म्याद गुज्रेका सामग्री बरामद गरिएको छ । मुख्यमन्त्री सिंहसहित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयको टिमले आइतबार राति जनकपुरका दर्जन बढी होटलको अनुगमन गरेको थियो ।
उनका अनुसार नाम चलेका होटलबाट उत्पादन तथा म्याद गुज्रिने मिति उल्लेख नरहेको ११ प्याकेट फ्रोजन मःम, एक बाल्टिन बासी तरकारी, किरा परेको दाल र खुला ठाउँमा राखिएको तरकारी, किरा परेको १० किलो मैदा जफत गरी नष्ट गरिएको छ । मुख्यमन्त्री सिँहले जनकपुरधामस्थित होटल जानकी भ्यू, हंसराज स्विट, लक्ष्मी मिष्ठान्न भण्डार र रघुपति मिष्ठान्न भण्डारको अनुगमन गरेका हुन् ।
सुरक्षित तथा स्वच्छ खानेकुरा उत्पादन, वितरण र उपभोगमा उपभोक्ताको अधिकार सुनिश्चित गर्ने उद्देश्यले होटल अनुगमन सुरु गरिएको मुख्यमन्त्री सिंहले बताए । उनले होटल अनुगमन कार्यलाई सम्बद्ध सरकारी संयन्त्रले निरन्तरता दिने बताए । सुरक्षित तथा स्वच्छ खानेकुरा उत्पादन, वितरण र उपभोगमा उपभोक्ताको अधिकार सुनिश्चित गर्ने उद्देश्यले होटल अनुगमन सुरु गरिएको उनले बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे