
काठमाडौं ,१ चैत । नेपाली बजारमा आज शुक्रबार सुनको भाउ इतिहासकै उच्च विन्द्धमा पुगेको छ । एकैचोटि तोलामा ४ हजार रुपैयाँ बढेर १ लाख ७४ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघिको रेकर्ड भाउ १ लाख ७१ हजार रुपैयाँ थियो ।
यस्तै, चाँदीको मूल्यको मूल्य पनि बढेको छ। बुधबार तोलामा २ हजार रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज बढेर २ हजार ५० मा कारोबार भइरहेको महासंघले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे