
काठमाडौँ , २८ फागुन । नेपाल राष्ट्र बैंकले चलनचल्तीका नोट छाप्नका लागि ६ कम्पनीलाई पहिलो चरणमा छनोट गरेको छ। छनोट भएका कम्पनीहरूमा चीनको चाइना बैंक नोट प्रिन्टिङ, बेलायतको डी ला रुउ इन्टरनेसनल, पोल्यान्डको पोलिस सेक्युरिटिज प्रिन्टिङ, जर्मनको गिसिक डेभ्रियन्ट, रसियाको जोइन्ट स्टक कम्पनी र फ्रान्सको अबरथर फिड्युसेरी एसएएस छन्।
यी कम्पनीहरू आगामी दुई वर्षसम्म हरेक छपाइको बोलकबोल प्रक्रियामा (टेन्डर) प्रतिस्पर्धा गर्न सक्नेछन्। राष्ट्र बैंकले आवश्यकतानुसार टेन्डर आह्वान गर्नेछ र सबैभन्दा कम मूल्यमा छाप्ने कम्पनी चयन गर्नेछ। वर्तमानमा नेपालको बजारमा ६ खर्ब ४० अर्ब रुपैयाँ बराबरका नोट चलनचल्तीमा छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे