
काठमाडौं । संघीय संसदको स्विट्जरल्यान्ड फ्रेन्डशिप ग्रुप र नेपालका लागि स्विट्जरल्यान्डका राजदूत महामहिम डा. डेनीयल म्युलीबीच परिचयात्मक भेटघाट सम्पन्न भएको छ। उक्त भेटघाटमा नेपाल–स्विट्जरल्यान्ड कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सव, दुई देशबीचको संसदीय आदानप्रदान, अध्ययन तथा अनुसन्धान, विकास आयोजनाको अवलोकन, उच्चस्तरीय भ्रमण लगायतका विषयमा छलफल गरिएको जानकारी प्राप्त भएको छ।
भेटवार्तामा संघीय संसद सचिवालय, परराष्ट्र मन्त्रालय तथा स्विस दूतावासका कर्मचारीहरूको पनि सहभागिता रहेको जनाइएको छ। नेपाल–स्विट्जरल्यान्ड संसदीय मैत्री समूहका संयोजकको रूपमा मा. योगेश कुमार भट्टराई रहेका छन् भने सदस्यहरूमा मा. राजु थापा, मा. संजय कुमार गौतम, मा. ईश्वरी घर्ति, मा. दुर्गा राई, मा. मनिष झा, मा. रन्जु कुमारी झा, तथा मा. प्रेम बहादुर आले रहेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे