
काठमाडौँ , १३ माघ । सशस्त्र प्रहरी बलमा कार्यरत प्रहरी निरीक्षक सन्तोषी महतको मृत्युपछि सशस्त्रकै प्रहरी निरीक्षक विवेक जोशी पक्राउ परेको छ । सशस्त्र प्रहरीका इन्स्पेक्टर विवेक जोशी पक्राउ परेका छन् । ब्यारेकमै झुन्डिएको अवस्थामा मृत भेटिएकी सशस्त्रकै इन्स्पेक्टर सन्तोषी महत आत्महत्या प्रकरणमा जाहेरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
सिन्धुपाल्चोककी २८ वर्षीया महत पोखराको हुल तथा दङ्गा व्यवस्थापन तालिम केन्द्र लामा पाटनमा कार्यरत थिइन । जोशी र सन्तोषी प्रेमी–प्रेमिका रहेको परिवारको दाबी छ । उनकै कारण सन्तोषीले आत्महत्या गर्नु परेको जाहेरीमा दाबी गरिएको छ । महत र जोशी प्रेम सम्बन्धमा रहेको र जोशीकै कारण महतले आत्महत्या गरेको किटानी जाहेरी परेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे