
काठमाण्डौँ, ११ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले ३५ वर्षको अवधिमा भएका भ्रष्टाचारका काण्डहरुको छानबिन गर्न र मुलुकमा सुशासन कायम गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले देशले निरन्तर कठोर र लज्जास्पद घटनाहरूको सामना गरिरहेको उल्लेख गर्दै, सरकारसँग विपद् व्यवस्थापनको ठोस योजना नभएको आरोप लगाइन्।
उनले सरकारलाई रामराज्यको देखावा नगरी, कमसेकम पासमार्क ल्याउने गरी काम गर्न आग्रह गरिन्। सांसद कार्कीले मुलुकको विकासका लागि राजनीतिक संस्कार सुधार्न र साशकीय स्वरुपको पुनरावलोकन गर्नुपर्ने पनि जोड दिइन्। उनले ३५ वर्षका सबै भ्रष्टाचारका काण्डहरुको अनुसन्धान गर्न स्वतन्त्र न्यायिक आयोग गठन गर्नुपर्नेमा जोड दिइन्। साथै, उनले अन्तर्राष्ट्रिय सहयोग नभएको कारण ३९ मिलियन अमेरिकी डलर बराबरको युएस एड रोकिएकोमा दुःख व्यक्त गरिन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे