
तनहुँ , ८ फागुन । तनहुँमा अफ्रिकन स्वाइन फिभर रोगको कारण बङ्गुर मर्न र बिरामी हुन थालेपछि जिल्लामा ओसारपसारमा प्रतिबन्ध लगाइएको छ। एक महिनाअघि देखिएको सङ्क्रमणले भीमाद, शुक्लागण्डकी, व्यास र ऋषिङ नगरपालिकामा १८ बङ्गुर मरेका छन्। यस रोगका कारण बढी प्रभावित भिमाद नगरपालिका भएको छ।
पशु सेवा विज्ञ केन्द्रका डा। राजेश चौधरीका अनुसार, बङ्गुरको नमूना परीक्षणका लागि पोखरा पठाइएको छ। रोग किर्नाको टोकाइ, दूषित पानी, भाँडाकुँडा, कपडा र सुईबाट सर्छ। यस रोगको उपचार छैन, त्यसैले किसानलाई उच्च जैविक सुरक्षा अपनाउन आग्रह गरिएको छ।
बङ्गुरमा उच्च ज्वरो, खाना नखाने, झोक्राउने, र रक्त धब्बा देखिने लक्षण देखापर्दा सतर्क रहनुपर्ने जानकारी दिइएको छ। ज्ञघ,छण्ण् किसानले द्धण्,ण्ण्ण् बङ्गुर पालेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे