
काठमाडौँ , ४ माघ । सङ्घीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज दिउँसो सवा १ बजे संसद भवन, नयाँ बानेश्वरमा बस्ने छ। बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले ‘दलित समुदायको अधिकार र विकास सम्बन्धमा कानूनी व्यवस्थाको आवश्यकता’ विषयमा प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ।
यसैगरी, राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले प्रतिनिधिसभाबाट पारित भई सन्देशसहित पठाइएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ र ‘बैंकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’का सम्बन्धमा प्राप्त सन्देश सभासमक्ष जानकारी गराउनेछन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले ‘नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१’ माथि छलफल गर्न प्रस्ताव पेश गर्ने छन्। यसै गरी, उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि राखिनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे